पोखरामा बालिकालाई यौन कार्यमा लगाएको आरोपमा ३ युवती पक्राउ

पाेखरा | मंसिर ९, २०८१

पोखरामा बालिकालाई यौन कार्यमा लगाएको आरोपमा ३ युवती पक्राउ

पोखरा:   कास्की प्रहरीले यौन शोषण गरेको आरोपमा ३ युवतीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमो गोरखाको पालुङ्टार ४ स्थायी घर भई लेकसाइड बस्ने १९ वर्षीया ममता तामाङ, मकवानपुरको बाग्मती गाउँपालिका  वडा ८ स्थायी घर भई हाल काठमाण्डौ बुढानिलकण्ठ नगरपालिका ७ कपन बस्ने २३ वर्षीया रिना तामाङ र  पूर्वी नवलपरासी मध्यबिन्दु नगरपालिका १० स्थायी घर भई हाल लेकसाइड बस्ने करिब १९ वर्षीया जस्मिन ठकुरी रहेकी छिन् ।

 

पक्राउ परेकी उनीहरुले बालिकाहरुलाई जबरजस्ती यौन कार्यमा संलग्न गराएको आरोपमा गत बिहीबार राति पक्राउ गरिएको कास्की प्रहरीका प्रवक्ता तथा डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए । 

 

उनका अनुसार पोखराको एक होटलको कोठाबाट ४ जना बालिकालाई उद्धार गरिएको छ ।

 

प्रहरीका अनुसार ति बालिकाहरुलाई होटलमा काम लगाइदिन्छु, मासिक तलब राम्रो हुन्छ, खानाबस्नको राम्रो सुबिधा छ भन्ने प्रलोभनमा पारेर यौन कार्यमा संलग्न गराएका थिए । 

 

पक्राउ परेका उनीहरुविरुद्द मानव वेचविखन तथा ओसार पसार मुद्दामा ५ दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।
 

ललितपुर:  नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटी बैठक शनिबार बसिरहेको छ। बैठक ११ बजेदेखि ललितपुरको एकान्तकुनास्थित म्याजेस्टिक ग्राण्ड प्यालेसमा बसिरहेको छ । बैठकमा त्यसपछि पार्टी अध्यक्ष केप...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाली कांग्रेसले वरिष्ठ पत्रकार एवम् पूर्वमन्त्री होमनाथ दाहालको निधनमा शोक प्रस्ताव पारित गरेको छ । शनिबार बिहान बसेको केन्द्रीय समितिको बैठकले दाहालको निधनमा शोक प्रस्ताव पारित गरेको हो । ...

थप पढ्नुहोस्

पोखरा:  गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले विश्व बजारमा प्रतिष्पर्धा गर्ने समयानुकुल शिक्षामा जोड दिनुपर्ने बताउनुभएको छ । सुदूरपश्चिम सम्पर्क समाज, पश्चिमाञ्चल क्याम्पस पोखराले आयोजना गरेको ‘पछ्य...

थप पढ्नुहोस्